गृहपृष्ठ अफगानिस्तानमा हिंसात्मक झडप, १७५ जनाको मृत्यु
अफगानिस्तानमा हिंसात्मक झडप, १७५ जनाको मृत्यु
अफगानिस्तानमा भएको हिंसात्मक झडपमा १७५ जनाको मृत्यु भएको छ । कान्दहार प्रान्तमा भएको झडपमा परी मृत्यु भएकामध्ये केही तालिवान विद्रोहीका कमान्डरसमेत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
घटनाका बारेमा थप विवरण संकलन भइरहेको अफगानी राष्ट्रिय सुरक्षा निर्देशनालयले जनाएको छ । कान्दहार प्रान्त केही दिनयता हिंसात्मक घटनाबाट बढ्दै गएका छन् । यो क्षेत्रमा सरकारी सुरक्षाकर्मी र विद्रोही तालिवान लडाकुबीचमा झडप हुने गरेको छ ।
प्रकाशित समय ०७:२० बजे

















