गृहपृष्ठ विश्वभर कोरोना भाइरसबाट १२ लाख ११ हजारको मृत्यु

विश्वभर कोरोना भाइरसबाट १२ लाख ११ हजारको मृत्यु

अमेरिकामा गएको २४ घण्टामा मात्रै ८८ हजार ९०५ जना थपिए संक्रमित

फाइल तस्बिर ।

विश्वभर कोरोना भाइरसको संक्रमणबाट १२ लाख ११ हजारभन्दा बढीको ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै करिब ६ हजारको ज्यान गएसँगै मृतकको संख्या १२ लाख ११ हजार २६८ पुगेको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म विश्वभर चार करोड ७३ लाख १९ हजारभन्दा बढी व्यक्तिमा भाइरस देखिएको छ । गएको २४ घण्टामा मात्रै चार लाखभन्दा बढी व्यक्ति संक्रमित थपिएका थिए । त्यस्तै तीन करोड ४० लाख ३३ हजार ७७० जना संक्रमित डिस्चार्ज भएका छन् ।

कुल संक्रमितमध्ये एक करोड २० लाख ७४ हजार १२२ जना सक्रिय संक्रमित देखिएका छन् । त्यसमा पनि ८६ हजार ५५८ जना संक्रमितको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ । सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा कुल संक्रमितको संख्या एक करोड नजिक पुगेको छ ।

अमेरिकामा राष्ट्रपतिको निर्वाचन चलेका कारण कोरोना फैलिएको अनुमान गरिएको छ । गएको २४ घण्टामा मात्रै ८८ हजार ९०५ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ९५ लाख ६७ हजार ५४३ पुगेको हो । त्यस्तै अहिलसम्म ज्यान गुमाउनेको संख्या दुई लाख ३६ हजार ९९७ पुगेको छ । गएको २४ घण्टामा मात्रै ५२२ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै ६१ लाख ७१ हजार संक्रमित डिस्चार्ज भएका छन् भने ३१ लाख ५९ हजारको उपचार भइरहेको छ । दोस्रो ठूलो कोरोना संक्रमित भएको मुलुक भारतमा गएको २४ घण्टामा मात्रै साढे ३७ हजार संक्रमित थपिएका छन् । योसँगै भारतमा ८२ लाख ६६ हजार ९१४ जनामा संक्रमण देखिएको छ । त्यस्तै एक लाख २३ हजार १३९ जनाको ज्यान गएको छ । सोमबार मात्रै ४९७ जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित समय ०९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु