गृहपृष्ठ बालिका बलात्कार गरेको अभियोगमा तीन जना पक्राउ
बालिका बलात्कार गरेको अभियोगमा तीन जना पक्राउ
मोरङमा दुई बेग्लाबेग्लै बलात्कार घटनाका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बेलबारी नगरपालिका १ अमना सिसौली जंगलमा कात्तिक १३ गते राति साढे ११ बजे सोही नगरपालिका ३ निवासी सुकमान तामाङले चक्रबहादुर चौधरीको सहयोगमा एक बालिकालाई बलात्कार गरी फरार रहेको अवस्थामा सोमबार प्रहरीले पक्राउ गरेको हो ।
यस्तै सोही दिन दिउँसो करिब साढे ३ बजे मोरङकै ग्रामथान गाउँपालिका २ निवासी ४० वर्षीय जुमेश सरदारले स्थानीय एक युवतीलाई बलात्कार गरी फरार रहेको अवस्थामा सोमबार प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिएका छन् ।
प्रकाशित समय १०:४८ बजे

















