गृहपृष्ठ खुकुरी प्रहार गरी पूर्वपत्नीको हत्या

खुकुरी प्रहार गरी पूर्वपत्नीको हत्या

सोताङ गाउँपालिका- ३ मा पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको ज्यान गएको छ । उनन्तीस वर्षीय पूर्वपति होमबहादुर राईको खुकुरी प्रहारबाट २८ वर्षीया सोमा लामाको घटनास्थलमै ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

होमबहादुर र सोमा श्रीमान-श्रीमती भए पनि गत वैशाखदेखि सोमा स्थानीय २७ वर्षीय नन्दराज राईसँग गएर सँगै बस्दै आएकी थिइन् । स्थानीय कुमार राईको घरमा बुधबार साँझ भेट भई विवाद हुँदा होमबहादुरले खुकुरी प्रहार गरी टाउको तथा शरीरको अन्य विभिन्न भागमा हान्दा सोमाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी महेन्द्र दर्नालले जानकारी दिए ।

घटनाको विषयमा प्रहरीमा जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय सोताङबाट इन्स्पेक्टर अनिल माबोहाङको टोली गई हत्या आरोपमा होमबहादुर राईलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार महिलाको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा राखिएको छ भने आरोपितलाई जिल्ला प्रहरी कार्यालय सल्लेरीतर्फ ल्याइँदै छ । (रासस)

प्रकाशित समय १२:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु