गृहपृष्ठ होटलबाट तीन युवतीसहित सात पक्राउ

होटलबाट तीन युवतीसहित सात पक्राउ

arrest_पक्राउ_news karobar

धनगढीको बसपार्कमा सञ्चालित एक होटलबाट तीन युवतीसहित सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीको गस्ती टोलीले गएराति बसपार्कस्थित न्यु बडिकेदार होटलका सञ्चालक टेकेन्द्र बडैलासहित सात जनालाई पक्राउ गरेको हो ।

बेचविखनका लागि भारततर्फ लगिरहेको भन्ने सूचनाका आधारमा होटलमा छापा मार्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतीक विष्टले बताए । उनका अनुसार १७, १८ र १९ वर्षीया युवती र होटल सञ्चालक बडैलासहित चार जना पुरुषलाई पक्राउ गरिएको हो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १५:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु