गृहपृष्ठ दक्षिण कोरियाली राष्ट्रपतिको लोकप्रियता बढ्दो
दक्षिण कोरियाली राष्ट्रपतिको लोकप्रियता बढ्दो
दक्षिण कोरियाली राष्ट्रपतिको लोकप्रियता बढ्दो क्रममा रहेको छ । राष्ट्रपति मुन जाय इन को पक्षमा यो हप्ता ०.७ प्रतिशत अंक वृद्धि भई ४५.६ अंक पुगेको बिहीबार सार्वजनिक सर्वेक्षणमा देखिएको छ ।
विगत हप्ताहरूमा मुनको पक्षमा समर्थन ४४ प्रतिशतदेखि ४६ प्रतिशत अंकबीच कायम रहँदै आएको सर्भेक्षण संस्था रियलमिटरले जनाएको छ । राज्यसम्बन्धी व्यवहारमा मुनको आकर्षण १.३ प्रतिशतले कमी आई ४९.६ अंक कायम भएको सर्भेक्षणले जनाएको छ ।
त्यसैगरी मुनको सत्ताधारी दल डेमोक्रेटिक पार्टीप्रतिको समर्थन अघिल्लो साताभन्दा शुन्य दशमलब १ प्रतिशतले घटेको छ । दक्षिण कोरियाली प्रमुख विपक्षी दल पिपुल्स पावर पार्टीलाई पनि अघिल्लो हप्ताको तुलनामा १.२ अंक कमी अर्थात् २७.७ प्रतिशत समर्थन देखिएको छ ।
प्रकाशित समय १६:०८ बजे

















