गृहपृष्ठ नेपाल प्रहरीमा रिक्त ३६० प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्ना आह्वान
नेपाल प्रहरीमा रिक्त ३६० प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्ना आह्वान
नेपाल प्रहरीमा रिक्त रहेका प्रहरी कार्यालय सहयोगी पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न ३६० जनाको लागि नयाँ भर्ना दरखास्त आह्वान गरिएको छ । नयाँ भर्नामध्ये माली/बगैंचेतर्फ ९ जना, भान्छेतर्फ २६१ जना, हजामतर्फ १० जना, सिलाइ/बुनाइतर्फ १५ जना, कुचिकारतर्फ ५० जना र खेलाडीतर्फ १५ जनाका लागि दरखास्त आह्वान गरिएको हो ।
प्रहरी कार्यालय सहयोगी पदका लागि महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, सातवटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर (हाल सम्पर्क कार्यालय राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगन्ज) र दिपायल तथा ७७ वटै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फारम पाइने र बुझाउन सकिनेछ ।
नयाँ भर्ना हुन इच्छुक नेपाली नागरिकहरुले मंसिर २ गतेदेखि पुस ६ गतेसम्म सम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फाराम लिन तथा बुझाउन सक्नेछन् । उक्त भर्नासम्बन्धी विज्ञापन, दरखास्त फाराम, पाठ्यक्रमलगायत विस्तृत विवरणसहितको सूचना नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।
प्रकाशित समय १९:४५ बजे

















