गृहपृष्ठ अभियान्ता ग्रेटा टुनबर्गको ट्रम्पलाई व्यंग्य : ‘चिल डोनाल्ड चिल’
अभियान्ता ग्रेटा टुनबर्गको ट्रम्पलाई व्यंग्य : ‘चिल डोनाल्ड चिल’
पर्यावरण संरक्षणकी अभियान्ता ग्रेटा टुनबर्गले अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीटमा रिट्वीट गर्दे चिल डोनाल्ड चिल भन्दै व्यंग्य गरेकी छन् । अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनको मतगणनामा ट्रम्पले ‘स्टप द काउन्ट’ अर्थात् मतगणना रोकियोस् भन्ने ट्वीट गरेका थिए ।
ट्रम्पले लेखेको ट्वीटमा रिट्वीट गर्दै ग्रेटा टुनबर्गले लेखेकी छिन्, ‘धेरै हाँस्यास्पद । डोनाल्डले पहिला आफ्नो आक्रोश नियन्त्रण गर्न सिक्नुपर्छ, त्यसपछि आफ्ना साथीहरुसँग पुरानो जमानाको फिल्म हेर्न जानुपर्छ । चिल डोनाल्ड चिल ।’
So ridiculous. Donald must work on his Anger Management problem, then go to a good old fashioned movie with a friend! Chill Donald, Chill! https://t.co/4RNVBqRYBA
— Greta Thunberg (@GretaThunberg) November 5, 2020
प्रकाशित समय ०९:०७ बजे

















