गृहपृष्ठ दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित ६ जना पक्राउ

दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित ६ जना पक्राउ

फाइल तस्बिर ।

महालक्ष्मी नगरपालिका- ४, ईमाडोलबाट करिब ३ ईन्च लम्बाइ र १ फिट चौडाई भएको दुर्लभ वन्यजन्तु रेड पाण्डाको १ थान छालासहित ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक जुगल गाउँपालिका- २ ठेगाना भएका ४३ वर्षीय सुनिल गोले, भक्तपुर ठिमी बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका- ४ भर भएका २४ वर्षीय प्रकाश तामाङ, ललितपुर टिकाथली बस्नेहरु भोजपुर ट्याम्केमैयु गाउँपालिका- २ घर भएका ४१ वर्षीय सन कुमार राई, खोटाङ दिक्तेल नगरपालिका- ३ घर भएका १८ वर्षीय किशोर, ललितपुर इमाडोल बस्नेहरु ताप्लेजुङ फक्तङलुङ गाउँपालिका- ४ घर भएका ३५ वर्षीय दिपक लिम्बु र सिन्धुली तिनपाटन गाउँपालिका- ३ घर भएका २४ वर्षीय अम्बर बहादुर तामाङ रहेका छन् ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका- ४, ईमाडोलस्थित दिपक लिम्बुको कोठाबाट उक्त छालासहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

आवश्यक कारबाहीको लागि उनीहरुलाई आइतबार जिल्ला वन कार्यालय ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित समय १३:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु