गृहपृष्ठ अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाइडेनलाई विश्व स्वास्थ्य संगठनमा फर्कन आग्रह

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाइडेनलाई विश्व स्वास्थ्य संगठनमा फर्कन आग्रह

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् । उनले आइतबार ट्वीट गरेर उनीहरुलाई बधाई ज्ञापन गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

साथै उनले सो बधाईसँगै आफू पनि उनस्हरुसँग काम गर्न इच्छुक रहेको बताएका हुन् । उनले ट्वीटमा भनेका छन्, ‘अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिमा विजयी हुनुभएकोमा तपाईंहरुलाई बधाई छ, म पनि यहाँहरु र यहाँको टिमसँग मिलेर काम गर्न इच्छुक छु ।’

संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनबाट निस्किने निर्णय गरेको थियो । यसप्रति उक्त संगठनले पनि विगतमा दुःख व्यक्त गरेको हो । महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले सो ट्वीटमा अमेरिकाले विश्व स्वास्थ्य संगठनमा पुनः फर्किन आग्रह पनि गरेका छन् ।

महानिर्देशक गेब्रियोसले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई विश्व स्वास्थ्य संगठनमा पुनः आउन पनि आग्रह गरेका छन् । आइतबार मात्र एक अमेरिकी दैनिक पत्रिकाले नवनियुक्त राष्ट्रपति जो बाइडेनले आफूले राष्ट्रपतिको सपथ लिएपछि विश्व स्वास्थ्य संगठनमा अमेरिका पुनः फर्किने बारेमा निर्णय गर्नसक्ने अनुमान गरेर समाचार लेखेको थियो ।

त्यस लगत्तै यता विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिँदै सो प्रसंग उल्लेख गरेका हुन् । (रासस)

प्रकाशित समय १४:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु