गृहपृष्ठ झापामा लागूऔषधसहित तीन पक्राउ
झापामा लागूऔषधसहित तीन पक्राउ
झापाका दुई भिन्न स्थानबाट लागूऔषधसहित सोमबार तीन जना पक्राउ परेका छन् ।
दमक नगरपालिकाबाट दुई र मेचीनगर नगरपालिकाबाट एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।
सोमबार राति करिब सबा ८ बजे दमक–८ का २८ वर्षीय अंकित कार्कीको घरको कोठामा लुकाइछिपाई लागूऔषध राखेको छ भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएका थिए । उक्त टोलीले जाँच गर्ने क्रममा लुपिजेसिक ८३ एप्पुल, डाइजेपाम ८३ एम्पुल र फेनरागन ८३ एम्पुल बरामद गरेको थियो ।
लागूऔषध बरामद भएको कोठामा दमक ७ का २८ वर्षीय अमन लिङ्फेप लिम्बूसमेत रहेकाले उनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको थापाले बताए ।
यसैबीच मेचीनगर नगरपालिका–६ काली मन्दिर छेउबाट नियन्त्रित लागूऔषध ब्राउनसगुरसहित एक जना पक्राउ परेका छन् । सीमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरी टोलीले सोमबार मेचीनगर–१४ का ३० वर्षीय कुमार विकलाई तीन ग्राम लागूऔषध ब्राउसुगरसहित पक्राउ गरेको हो ।
पक्राउ परेका विकको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।
प्रकाशित समय ११:४३ बजे

















