गृहपृष्ठ अफिम र चितुवाको छालासहित पक्राउ
अफिम र चितुवाको छालासहित पक्राउ
घोराही उपमहानगरपालिका- ८, बनगाउँबाट ३ किलो ७ सय ५० ग्राम अवैध लागूऔषध अफिम र ६ फिट ११ ईन्च लम्बाई भएको चितुवाको छाला १ थानसहित दुईजनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूमा सोही उपमहानगरपालिका- १२ बस्ने २६ वर्षीय मधु डाँगी र प्युठान नौवहिनी गाउँपालिका- ५ बस्ने २७ वर्षीय धनसिंह टमटा रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध र छालासहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित समय १६:४१ बजे

















