गृहपृष्ठ कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो, एकै दिन थपिए २५६९ संक्रमित
कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो, एकै दिन थपिए २५६९ संक्रमित
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेकाे छ । गएको २४ घन्टामा थप दुई हजार ५६९ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या दुई लाख दुइ हजार ३२९ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर एक हजार ६६६ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या एक लाख लाख ६२ हजार २४३ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा २६ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक हजार १७४ पुगेको छ ।
प्रकाशित समय १६:४० बजे

















