गृहपृष्ठ बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ
बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ
१४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा चन्द्रागिरि नगरपालिका- २ बस्ने हुम्ला ताजाकोट गाउँपालिका- २ घर भएका २३ वर्षीय सूर्जवीर लोहारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लोहारले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १७:२९ बजे

















