गृहपृष्ठ नेकपामा रस्साकस्सी : राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे प्रचण्ड

नेकपामा रस्साकस्सी : राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे प्रचण्ड

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । सचिवालय बैठकको रस्साकस्सी चलिरहेकै बेला मंगलबार साँझ प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन् ।

बुधबारका लागि बोलाइएको नेकपा सचिवालयको बैठक प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सार्ने प्रयास गरिरहेका छन् । अर्का अध्यक्ष प्रचण्डलगायत सचिवालयका पाँच सदस्यहरूले बैठक बस्ने दाबी गर्दै आएका छन् । प्रचण्डले बुझाएको एकल प्रस्ताव फिर्ता नगरेसम्म ओलीले बैठक सार्ने तयारी गरेका छन् भने प्रचण्ड आफूले पेस गरेको प्रस्ताव फिर्ता नलिने अडानमा छन् ।

प्रकाशित समय १७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु