गृहपृष्ठ कोरोना संक्रमणबाट वरिष्ठ शल्यचिकित्सक डा. मुडभरीको निधन
कोरोना संक्रमणबाट वरिष्ठ शल्यचिकित्सक डा. मुडभरीको निधन
वरिष्ठ चिकित्सक डा ध्रुव मुडभरीको कोभिड–१९ संक्रमणबाट निधन भएको छ । पिसीआर पोजेटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहेका ७७ वर्षीय डा. मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चावहिलस्थित ॐ अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचारका क्रममा शनिबार निधन भएको छोरी अनुजा शर्माले जानकारी दिइन् ।
राजविराज, भैरहवा, बुटवल, पोखरा र काठमाडौंको वीर अस्पतालमा सरकारी शल्य चिकित्सकका रूपमा झण्डै २५ वर्ष सेवा पुर्याएका डा. मुडभरी ॐ अस्पतालका संस्थापक हुन् । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् ।
प्रकाशित समय ०८:३७ बजे

















