गृहपृष्ठ मानवीय सेवामा युवा सहभागिता बढाउन समिति
मानवीय सेवामा युवा सहभागिता बढाउन समिति
मावन सेवा युवा परिवार कर्णाली प्रदेश समिति गठन गरिएको छ । मानवसेवा आश्रम सुर्खेतले मानव सेवा प्रवर्द्धन गरी मानवीय सेवामा युवा सहभागिता बढाउने उद्देश्यले स्वाथ्यकर्मी तथा सामाजिक अभियन्ता महेन्द्र कुमार थापाको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको हो ।
समितिको सहसहयोजकमा मनिषा कौशल, सदस्यहरुमा अग्नि अधिकारी, बिन्दु अधिकारी, पुष्पा भण्डारी र सविता धामी छन् । संयोजक थापाले युवा परिवारमा तत्काल एक सय सदस्य बनाइने र समितिलाई जिल्लामा बिस्तार गरी यस समूहमा प्रदेशका ३० हजार युवालाई सहभागी गराइ मानवीय सेवामा उत्प्रेरित गराइने बताए । उनले युवा परिवारमार्फत विपन्न, असहाय अशक्त, अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग गर्ने जानकारी दिए । उनका अनुसार मानवीय सेवामा रुचि राख्ने युवाहरुले युवा परिवारको सदस्य बन्नसक्ने छन् । प्रदेशमा एकसय जना मानवसेवी समूह निर्माण गर्ने उनले जानकारी दिए ।
प्रकाशित समय १५:३० बजे

















