गृहपृष्ठ सवा ४ खर्ब भारु ठगीका मुख्य आरोपी पक्राउ

सवा ४ खर्ब भारु ठगीका मुख्य आरोपी पक्राउ

pakrau-arrest-newskarobar

भारतीय दिल्ली पुलिसको आर्थिक अपराध शाखाले भारतका विभिन्न सहरहरूमा ‘बाइक बोट’का नाममा ४ खर्ब २० खर्ब भारु (४२ हजार करोड भारु)को ठगी आरोप लागेका सचिन भाटीलाई पक्राउ गरेको छ ।

भाटीले गर्वित इनोभेटिभ प्रोमोटर्स लिमिटेडका नामबाट दिल्लीका करिब ८ हजार लगानीकर्ताको मात्र २ अर्ब ५० करोड भारु ठगी गरेको  अभियोग छ ।

दिल्ली प्रहरीका अनुसार भाटी र उनका दाजुभाइले सन् २०१९ मा सुरु गरेको ‘बाइक बोट’ का नाममा भारतभरि नै ठगी अभियान चलाएका थिए । उनले आफ्नो स्किममा ६२ हजार भारतीय रुपैयाँ लगानी गर्दा हरेक वर्ष कम्पनीबाट मासिक ९ हजार ५०० भारु लगानीकर्तालाई दिइने प्रलोभन दिने गरेका थिए ।

यसैगरी, १ लाख २४ हजार भारु लगानी गरिएमा मासिक १७ हजार रुपैयाँ दिने प्रलोभन दिइएको थियो तर देशभरिबाट करिब ४ खर्ब २० अर्ब भारतीय रुपैयाँ संकलन भएपछि भाटिया र कम्पनीका अरु प्रबर्धकहरू फरार भएका थिए । (भारतीय संचारमाध्यमका सहयोगमा)

 

प्रकाशित समय १७:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु