गृहपृष्ठ केही स्थानमा हल्का वर्षाको सम्भावना
केही स्थानमा हल्का वर्षाको सम्भावना
हालका लागि देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । हाल गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज दिउँसो देशका पहाडी भूभागको मौसममा आंशिकदेखि सामान्य बदली रहनेछ । त्यस्तै बाँकी स्थानको मौसममा आंशिक बदली रहने सम्भावना छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यसैगरी आज राति देशका पहाडी भूभागको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिन्छ । देशका बाँकी स्थानको मौसममा आंशिक बदली रहने सम्भावना छ । त्यस्तै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रकाशित समय ०७:३२ बजे

















