गृहपृष्ठ दुई दिनमा १९ सयले बढ्यो सुनको मूल्य

दुई दिनमा १९ सयले बढ्यो सुनको मूल्य

gold-price-hike-newskarobar

चार दिनयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । बिहीबार १ हजार ६ सय रुपैयाँ र शुक्रबार ३ सय रूपैयाँ गरी दुई दिनमा १९ सय रूपैयाँले सुनको मूल्य बढेको हो ।

आज छापावाल सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुन ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाली बजारमा मंगलबार र बुधबार दुवै दिन ५\५ सय रुपैयाँले सुनको मूल्य वृद्धि भएको थियो । महासंघका अनुसार शुक्रबार तेजावी सुन ९२ हजार ४५० रुपैयाँमा कारोबार भइरहको छ । त्यस्तै शुक्रबार चाँदी ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रकाशित समय ११:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु