गृहपृष्ठ मानव बेचविखन गर्ने फरार अभियुक्त पक्राउ

मानव बेचविखन गर्ने फरार अभियुक्त पक्राउ

वैदेशिक रोजगारमा आकर्षक तलब दिलाई दिने प्रलोभनमा पारी मानव बेचविखन गर्ने कार्यमा संलग्न फरार अभियुक्त मोरङ कटहरी गाउँपालिका ९ घर भएका २९ वर्षीय राज चौधरी भन्ने राजेशकुमार चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले ४ जना महिलालाई वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाईदिने प्रलोभनमा पारी गैरकानूनी तवरले भारतबाट श्रीलंका हुँदै कुवेत पुर्‍याई बेचबिखन गर्ने उद्देश्यले नेपालगंजको रुपेडिया नाकाबाट भारतको दिल्ली पुर्‍याई १५ दिनसम्म बन्धक बनाई राखी शारीरिक र मानसिक शोषण गरी राखेको खुल्न आएको छ ।

पीडितहरु कोही नभएको मौका पारी भागेर भारतीय प्रहरीको सम्पर्कमा पुगी शान्ति पुनर्स्थापना केन्द्रको समन्वयमा नेपाल फिर्ता भएपश्चात् उनीहरुले दिएको जाहेरीको आधारमा माचन वेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले अभियुक्त चौधरीलाई काठमाडौं गोंगबुस्थित नयाँ बसपार्कबाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

प्रकाशित समय १८:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु