गृहपृष्ठ अर्काको नाममा लोकसेवाको परीक्षा दिने पक्राउ
अर्काको नाममा लोकसेवाको परीक्षा दिने पक्राउ
वीरेन्द्रनगर नगरपालिका- ७ स्थित लोक सेवा आयोगको कार्यालयबाट हुम्ला सर्केघाट गाउँपालिका- ४ बस्ने २३ वर्षीय राम जंग शाहीको नाममा प्राविधिक प्रहरी जवानतर्फको परीक्षा दिइरहेका एक युवक पक्राउ परेका छन् । प्रहरीले शनिबार दिउँसो हुम्ला सर्केघाट गाउँपालिका- ४ बस्ने २२ वर्षीय राम शाहीलाई पक्राउ गरेको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले राम जंग शाहीको नाममा राम शाहीले परीक्षा दिइरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १३:११ बजे

















