गृहपृष्ठ एनआईसी एशिया बैंकले बोनश सेयर र नगद लाभांश वितरण गर्ने
एनआईसी एशिया बैंकले बोनश सेयर र नगद लाभांश वितरण गर्ने
एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनश सेयर (१ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ) र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश (९ करोड ७२ लाख रुपैयाँ)समेत वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा आइतबार सम्पन्न २३औं वार्षिक साधारण सभाबाट उक्त प्रस्ताव स्वीकृत भएको हो ।
बैंकले १९ प्रतिशत बोनश सेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३ सय ६६ रुपैयाँ पुगेको छ । बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणउपर छलफल गरी स्वीकृत गरेको छ । साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्तावसमेत पारित भएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड- १९) महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्यसम्बन्धी निर्देशन एवं मापदण्डहरूको पालना गर्दै वार्षिक साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने व्यवस्था गरिएको थियो ।
प्रकाशित समय १३:२४ बजे

















