गृहपृष्ठ दैलेखमा जिप दुर्घटना हुँदा तीन जना घाइते
दैलेखमा जिप दुर्घटना हुँदा तीन जना घाइते
सुर्खेत । चामुण्डा–बिन्द्रासैनी नगरपालिकामा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । सुर्खेतबाट चामुण्डातर्फ जाँदै गरेको लु १ च ७५०६ नम्बरको बोलेरो जिप चामुण्डाविन्द्रासैनी नगरपालिका–४ पातिकान्लामा दुर्घटना भएको हो ।
साङ्गेतडा–पाल्त सडक खण्डमा आइतबार दिउँसो करिब सवा तीन बजे अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको प्रहरी चौकी जम्बुकाध दैलेखले जानकारी दिएको छ । प्रहरी चौकी जम्बुकाधका अनुसार जिप दुर्घटनामा घाईते हुनेहरुमा चामुण्डाबिन्द्रासैनी २ दैलेखका २० वर्षीय चालक दानबहादुर आले, सोहि स्थानका १५ वर्षीय दिपक आले र चामुण्डा बिन्द्रासैनी १ बस्ने १९ वर्षीय लोकेश चलाउने रहेका छन् ।
घाइते सबैलाई उपचारका लागि दुल्लु अस्पताल दैलेख पठाइएको प्रहरीले जानकारी दिएको छ । घाइते दीपक आलेको अवस्था भने गम्भीर भएको प्रहरीले बताएको छ ।
प्रकाशित समय १९:४९ बजे

















