गृहपृष्ठ राजापुर बमकाण्डका आरोपी अफताब आलमका भाइ भारतमा पक्राउ

राजापुर बमकाण्डका आरोपी अफताब आलमका भाइ भारतमा पक्राउ

नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताब आलमका भाइ महताफ आलम पक्राउ परेका छन् । रौतहटको राजापुर बमकाण्डका आरोपित आलमलाई प्रहरीले भारतीय प्रहरीसँगको समन्वयमा भारतको मोतिहारीबाट पक्राउ गरेको हो । घटनापछि उनी फरार थिए ।

२०६४ साल चैत २७ गते संविधानसभा निर्वाचनअघि आलमका काका शेख इद्रिसको घरमा विष्फोट हुँदा घाइते २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अक्तरलाई जिउँदै इटाभट्टामा हालेर जलाएको आरोप उनीमाथि लागेको छ । गत वर्षको २६ असोजमा पक्राउ परेका अफताब आलम नक्खु कारागारमा जेल सजाय भुक्तान गरिरहेका छन् ।

प्रकाशित समय ११:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु