गृहपृष्ठ प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । मंगलबार बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बस्ने तय भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहार राजन भट्टराईले जानकारी दिएका छन् ।
उनका अनुसार समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आयोजना गरिएको हो ।राजावादीहरुको सडक प्रदर्शन बढ्दै गएको तथा नेकपामा पनि किचलो चुलिएको अवस्थामा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक डाक्न लागेका हुन् । नेकपाको स्थायी कमिटीको आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक अवस्थालाई लिएर छलफल गर्नका लागि आवश्यक परे सर्वदलीय बैठक बोलाउने बताएका थिए ।
यसअघि, नेपालको भूमि मिचेर कालापानी-लिम्पियाधुरा क्षेत्रमा भारतले सडक बनाएपछि गत वैशाख ३१ मा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई प्रधानमन्त्रीले छलफलका लागि बोलाएका थिए ।
प्रकाशित समय १३:१७ बजे

















