गृहपृष्ठ सगरमाथाको नयाँ उचाई घोषणा भोलि

सगरमाथाको नयाँ उचाई घोषणा भोलि

विश्वको सर्वोच्च शिखर सगमाथाको नयाँ उचाई मंगलबार औपचारिक कार्यक्रम गरी सार्वजनिक गरिने भएको छ । नापी विभागका महानिर्देशक प्रकाश जोशीका अनुसार फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांकसमेत नापी विभागकै जनशक्तिबाट आफ्नै प्रयोगशालमा प्रशोधन गरिएको हो ।

यसका साथै चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भई संयुक्त रुपमा सगरमाथाको उचाई मापनको परिणाम प्राप्त भएको उनले बताए । सो परिणाम नेपाल र चीनले मंगलबार संयुक्त रुपमा सार्वजनिक गर्न लागिएको महानिर्देशक जोशीले जानकारी दिए । उचाइ घोषणा कार्यक्रममा सगरमाथाको मापनमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिने पनि विभागले जनाएको छ ।

प्रकाशित समय १२:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु