गृहपृष्ठ बलात्कार आरोपी सिद्धबाबाले पाए सफाइ
बलात्कार आरोपी सिद्धबाबाले पाए सफाइ
आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सुनसरीको चतारास्थित आश्रमका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले सफाइ पाएका छन् । सोमबार सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले उनलाई सफाइ दिने फैसला सुनाएको हो ।
‘नेपाल सरकारले लिएको अभियोग दाबीबमोजिम प्रतिवादीलाई जबरजस्ती करणीको कसुरमा सजाय हुनुपर्ने भन्ने अभियोग दाबी पुग्न नसक्ने हुँदा प्रतिवादी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ,’ फैसलामा भनिएको छ । यसअघि गिरीलाई जिल्ला अदालत सुनसरी, उच्च अदालत विराटनगर र सर्वोच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । सिद्धाबाबाविरूद्ध २०७६ पुस १० गते मुद्दा दायर भएको थियो ।
प्रकाशित समय १८:१८ बजे

















