गृहपृष्ठ ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

death-newskarobar सांकेति तस्बिर ।

पूर्वपश्चिम राजमार्गको खैरहनी नगरपालिका–९ मा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–६ का २२ वर्षीय अब्जल देवान रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान ६:३० बजे लोथरबाट नारायणगढतर्फ आउँदै गरेको लु१ख ६५८१ नंको तेल बोकेको ट्यांकरले ना ४१प ९८६२ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते देवानको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान ७:२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने ट्यांकर र चालकको खोजी भइरहेको छ ।

प्रकाशित समय ०९:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु