गृहपृष्ठ फ्रान्समा हेलिकोप्टर दुर्घटना, ५ जना उद्धारकर्मीको मृत्यु

फ्रान्समा हेलिकोप्टर दुर्घटना, ५ जना उद्धारकर्मीको मृत्यु

फ्रान्समा मंगलबार भएको हेलिकोप्टर दुर्घटनामा परी उद्धार कार्यमा खटेका पाँच जनाको ज्यान गएको छ । सो कुराको जानकारी फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले मंगलबार दिएका हुन् ।

उनले उद्धार कार्यमा खटेका पाँच जना सदस्यको निधन भएको भन्दै दुःख व्यक्त गरेका छन् । अन्य सदस्यलाई उद्धारका काममा खटेका फ्रान्सेली हवाई उद्धार समूहका तीन जनासहित पाँचको ज्यान गएको फ्रान्सेली राष्ट्रपति म्याक्रोँको ट्वीटलाई उद्धृत गर्दै सञ्चार माध्यमहरूले जनाएका छन् । हेलिकोप्टर दुर्घटनामा पर्दा फ्रेन्च एयर रेस्क्यूका पाँचजना आपतकालीन सेवा सदस्यको मृत्यु भएको र अर्का एकजना घाइते भएका बताइएको हो ।

यस दुर्घटनाको कारणका बारेमा अनुसन्धान सुरु भएको छ । उक्त उद्धार टोली कसलाई उद्धारका लागि गएको थियो भन्ने स्थानका बारेमा पनि केही बताइएको छ । प्रारम्भिक सूचनामा ती उद्धारकर्मीहरु निकै अप्ठेरो स्थानमा उद्धारका लागि पुगेका थिए भनिएको छ । यस विषयमा विस्तृत जानकारी आइसकेको छैन ।

प्रकाशित समय १३:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु