गृहपृष्ठ बढी भाडा लिने २५ ट्याक्सी कारबाहीमा
बढी भाडा लिने २५ ट्याक्सी कारबाहीमा
महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी अनिमितता गर्ने २५ ट्याक्सी चालकलाई कारबाही गरेको छ । महाशाखाले यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समयमा नबनाउने २५ जना ट्याक्सी चालक बुधबार कारबाहीमा गरेको हो ।
ट्याक्सी चालकबाट मनपरी भएको गुनासो बढी आउन थालेपछि महाशाखाले कारबाही तीव्र बनाएको जनाएको छ ।
प्रकाशित समय १८:५८ बजे

















