गृहपृष्ठ आजको मौसम : पूर्वी पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : पूर्वी पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना

हाल दक्षिण-पूर्वी अरेबियन सागर र इन्डियन सागरमा विकशित न्यून चापीय प्रणालीको आंशिक प्रभाव देशभरको मौसममा परेको छ । हाल प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ ।

त्यस्तै देशका बाँकी भूभागहरुको मौसममा आंशिक बदली रहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशका भूभागहरूको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । देशका बाँकी भूभागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ ।

प्रदेश नं १ को पहाडी भूभागका एक, दुइ स्थानमा हल्का बर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । त्यसैगरी आज राति प्रदेश नं १ को मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । देशका बाँकी स्थानहरुको मौसममा आंशिक बदली रहनेछ । प्रदेश नं १ को पहाडी भूभागका एक, दुइ स्थानमा हल्का बर्षा हुने संभाबना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित समय ०८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु