गृहपृष्ठ जापानको टोकियोमा एकैदिन ६ सय कोरोना संक्रमित फेला

जापानको टोकियोमा एकैदिन ६ सय कोरोना संक्रमित फेला

जापानको राजधानी टोकियोमा बिहीबार एकैदिन ६ सयभन्दा बढी कोरोनाभाइरस संक्रमित फेला परेका छन् । दैनिक संक्रमितको संख्यामा अत्यधिक वृद्धि भएपछि उच्च सतर्कता अपनाउन स्वास्थ्यकर्मीले सबैलाई आग्रह गरेका छन् ।

टोकियोमा मात्रै ६०२ जना संक्रमित भएको दिन देशभर भने दुई हजार ८१० जना संक्रमित भेटिएको जापानी सञ्चारमाध्यमले जनाएका छन् । जापानमा हालसम्म एक लाख ६८ हजार ५७३ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् भने दुई हजार ४६५ जनाको मृत्यु भएको छ ।

‘अवस्था अझै सामान्य भएको छैन, बरु थप गम्भीर भएको छ, यसलाई हेलचेक्रयाइँ नगरौँ,’ टोकियोका गभर्नर युरीको कोइकेले भनेका छन् । अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन उनले सबैलाई आग्रह गरेका छन् ।

प्रकाशित समय ११:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु