गृहपृष्ठ अवैध यार्सागुम्बासहित ४ जना पक्राउ

अवैध यार्सागुम्बासहित ४ जना पक्राउ

pakrau-arrest-newskarobar

करिब ४ सय ६८ ग्राम अवैध यार्सागुम्बाजस्तो देखिने वस्तुसहित ४ जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं सुकेधारा बस्ने सुर्खेत बराहाताल गाउँपालिका- ५ घर भएका ५५ वर्षीय शेरबहादुर थापा, काठमाडौं बुढानिलकण्ठ नगरपालिका- १० बस्ने संखुवासभा चैनपुर नगरपालिका- २ घर भएका २२ वर्षीय हिमाल गुरुङ, काठमाडौं गोकर्णश्वर नगरपालिका- ५ जोरपाटी बस्ने सिन्धुली दुधौली नगरपालिका- ६ घर भएका २४ वर्षीय बिशाल परियार र काठमाडौं गोकर्णश्वर नगरपालिका-४, माकलबारी बस्ने रामेछाप हिमगंगा गाउँपालिका-७ घर भएका ५९ वर्षीय सुनिल तामाङ रहेका छन् ।

गोकर्णेश्वर नगरपालिका- ६, नारायणटारमा अवैध रुपमा यार्सागुम्बा बिक्री हुने गरेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले बिशाल र सुनिललाई जाँच गर्दा उनीहरुको साथबाट १२ थान यार्सागुम्बाजस्तो देखिने वस्तु फेला पारी नियन्त्रणमा लिएको थियो । थप अनुसन्धानको क्रममा उनीहरुलाई उक्त वस्तु शेरबहादुरले दिएको बताएपश्चात महानगरीय प्रहरी वृत्त महाराजगंजको समन्वयमा शेरबहादुरको कोठामा लुकाई राखेको अवस्थामा उक्त वस्तु फेला पारी प्रहरीले शेरबहादुर समेतलाई पक्राउ गरेको हो ।

शेरबहादुरलाई उक्त वस्तु दिने हिमाललाई काठमाडौं महानगरपालिका- ४, सुकेधारामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । बरामद वस्तु आवश्यक अनुसन्धानका लागि वन कार्यालय हात्तिसार पठाइएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

प्रकाशित समय १५:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु