गृहपृष्ठ काबुलमा सांसदको सवारी साधनलक्षित विष्फोट, २ जनाको मृत्यु
काबुलमा सांसदको सवारी साधनलक्षित विष्फोट, २ जनाको मृत्यु
सांकेतिक तस्बिर ।
अफगानिस्तानको राजधानी काबुलमा एक सांसदको सवारी साधनलाई लक्षित गरी गरिएको बम विष्फोटमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ । साथै अन्य दुईजना घाइते भएको प्रहरी स्रोतले आइतबार जानकारी दिएको छ ।
राजधानीको उत्तर इलाकाको खाइर खान मिना क्षेत्रमा रहेको होटेल इ पर्वान इलाकामा स्थानीय समयानुसार आइतबार बिहान ७:३० बजे सो विष्फोट भएको थियो । सांसद तावफिक वाहदातको सवारी साधनलक्षित सो बम आक्रमण भएको बताइएको छ ।
आक्रमणको समयमा सांसदका भाई सवारी साधनमा सवार रहेका उनी घाइते भएको जनाइएको छ । आक्रमणको बेलामा सांसद आफैँ भने सो सवारी साधनमा सवार थिएनन् । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा भने लिएको छैन । गएको केही वर्षयता करिब ५० लाख जनसंख्या रहेको अफगानिस्तानको राजधानी काबुलमा तालिबान र इस्लामिक स्टेट्सजस्ता आतंककारी समूहले बारम्बार आतंककारी आक्रमण गर्दै आएका छन् ।
प्रकाशित समय १५:५६ बजे

















