गृहपृष्ठ १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ
१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ
सांकेतिक तस्बिर
१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बेलौरी नगरपालिका- ३, खिरिया बस्ने ५५ वर्षीय सन्दिप कार्कीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
गत असोज २ गते कार्कीले ती बालिकालाई बलात्कार गरेको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले कार्कीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १६:५९ बजे

















