गृहपृष्ठ बुधबार थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि, ८४७ जना डिस्चार्ज
बुधबार थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि, ८४७ जना डिस्चार्ज
बुधबार थप ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज थप ८ सय ४७ जना कोरोनामुक्त भएका छन् । यससँगै देशभर कोरोना भाइरसबाट निको भई घर फर्किनको संख्या २ लाख ३८ हजार ५ सय ६९ पुगेको छ । आज कोरोनाबाट थप १३ जनाले ज्यान गुमाएका छन् । यसका साथै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ४३ पुगिसकेका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ७ सय ५७ जना छ । जसमध्ये ९ हजार ७ सय ५७ जना आइसोलेसनमा र ४ सय ५२ जना क्वारेन्टिनमा छन् । नेपालमा अहिलेसम्म १८ लाख ४९ हजार १ सय ३६ जनामा पीसीआर परीक्षण गरिएका छन् ।
प्रकाशित समय १६:४० बजे

















