गृहपृष्ठ विवादास्पद अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सहमत

विवादास्पद अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सहमत

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिन सहमत भएका छन् । मंगलबार जारी गरेको संवैधानिक परिषद सम्बन्धी अध्यादेशको चौतर्फी आलोचना र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यादेश फिर्ता लिन गरेको आग्रहलाई प्रधानमन्त्री ओलीले सहमति जनाएका हुन् ।

प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति भएसँगै सत्तारूढ दल नेकपाका सांसदहरूले संसदको विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कहाँ लगेको निवेदन पनि फिर्ता गर्ने सहमति जुटेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकारी र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ मंगलबार जारी गरेकी थिइन् ।

संवैधानिक परिषद्मा ३ जना मात्रै उपस्थित भए पनि बैठक सञ्चालन गर्न मिल्ने व्यवस्था गरिएको छ । नयाँ अध्यादेशमा अध्यक्षसहित तत्काल बहालमध्ये बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्ने उल्लेख छ ।

प्रकाशित समय १८:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु