गृहपृष्ठ शुक्रबारदेखि सार्वजनिक सवारीको जोर -बिजोर प्रणाली हट्ने

शुक्रबारदेखि सार्वजनिक सवारीको जोर -बिजोर प्रणाली हट्ने

dashain-yatru-newskarobar1

भोलि शुक्रबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक सवारीमा लगाइएको जोर -बिजोर प्रणाली हट्ने भएको छ । बिहीबार जिल्ला प्राशसन कार्यालय काठमाडौंमा बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले जोर -बिजोर प्रणाली हटाउने निर्णय गरेका हुन् ।

जोरबिजोर हटाउने सहमतिसँगै भोलिबाट सबै सार्वजनिक सवारी सडकमा गुड्न पाउनेछन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर सबै सार्वजनिक सवारी चल्न दिने निर्णय भएको छ । ‘शहरमा बढेको यात्रुको चापलाई ध्यानमा राखेर शुक्रबारबाट लागू हुनेगरी सार्वजनिक सवारीमा जोर-बिजोर प्रणाली हटाउने निर्णय भएको छ,’ उनले भने ।

विगतमा भीडभाड कम गर्न जोर-बिजोर प्रणाली लगाए पनि अहिले अरु कुनै खालका प्रतिवन्धहरु नभएकाले जोर-बिजोर मात्रै लगाएर राख्दा सार्वजनिक सवारीमा जोखिम बढ्ने महासंघको भनाइ थियो ।

 

प्रकाशित समय १४:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु