गृहपृष्ठ सरकारलाई उखु किसानका दुई सर्त

सरकारलाई उखु किसानका दुई सर्त

विगतमा पनि पटक–पटक उखु मिल सञ्चालकहरु झुक्याएको भन्दै किसानहरू यसपटक पैसा नलिई घर नजाने भएका छन् । उनीहरूले सरकारसमक्ष दुई वटा सर्त राखेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आन्दोलन रोकेर वार्तामा बस्न गरेको आग्रहको जवाफमा उखु किसानहरूले पैसा नपाएसम्म आन्दोलन जारी रहने बताएका हुन् । उखु किसान संघर्ष समितिका अध्यक्ष रामस्वार्थ रायले किसानहरूका तर्फबाट लेखेको पत्रमा उद्योग मन्त्रालयले उद्योगीबाट पैसा भुक्तानी गराउने मितिसम्म सडकमै बसेर शान्तिपूर्ण आन्दोलन गरिरहने बताएका छन् । त्यस्तै प्रधानमन्त्री राहत कोष या अन्य कुनै कोषबाट उखु किसानको पैसा भुक्तान हुनुपर्ने र सो पैसा सरकारले उद्योगीबाट ब्याजसहित असुलेर शोधभर्ना गर्न उनीहरूक सुझाव छ ।

यी दुई आधारमा मात्र वार्तामा बस्ने सकिने अध्यक्ष रायले बताएका छन् । सरकारले २०७६ पुस १८ गते किसानसँग माघ ७ गतेभित्र पैसा पाउने गरी सहमति गरे पनि १० महिनासम्म पैसा नपाएका किसान एक सातादेखि काठमाडौँमा आन्दोलनरत छन् ।

प्रकाशित समय १४:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु