गृहपृष्ठ सर्वोच्च बारमा लोकतान्त्रिक प्यानलका शाक्य विजयी
सर्वोच्च बारमा लोकतान्त्रिक प्यानलका शाक्य विजयी
सर्वोच्च अदालत बार एसोसिएसनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य विजयी भएका छन् । बारको ३३औँ नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा अर्का प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रविनारायण खनाललाई ४५ मतले पराजित गर्दै वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य विजयी भएका हुन् ।
लोकतान्त्रिक प्यानलका शाक्यले २९५ मत ल्याए भने प्रगतिशील समूहका खनालले २५० मत प्राप्त गरेका छन् । वरिष्ठ अधिवक्ता शाक्यले बृहत् लोकतान्त्रिक समावेशी (मधेसी, आदिवासी, जनजाति) पेसागत कानुन व्यवसायी समूहको नेतृत्व गरेका थिए । त्यस्तै वरिष्ठ अधिवक्ता खनाल प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानुन व्यवसायी समूहको नेतृत्व गर्दै मैदानमा उत्रिएका थिए ।
कार्यसमितिको उपाध्यक्षमा मुकुन्दप्रसाद पौडेल, सचिवमा ऋषिराम घिमिरे, सहसचिवमा शर्मिला श्रेष्ठ र कोषाध्यक्षमा विनोदकुमार कार्की विजयी भए । महिला सदस्यमा अमिता गौतम पौडेल, अन्य सदस्यहरुमा अनन्त कार्की, अनन्तराज लुइँटेल, तिलकविक्रम पाण्डे, दीपनारायण शाह, विकास भट्टराई, राजेन्द्रप्रसाद साह, मिराज श्रेष्ठ, डा. रामहरि त्रिपाठी र निर्मला भण्डारी विजयी भएका छन् ।
प्रकाशित समय १०:४१ बजे

















