गृहपृष्ठ थप ५८८ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

थप ५८८ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

आइतबार थप ५ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज थप १ हजार ९७ जना कोरोनामुक्त भएका छन् । यससँगै देशभर कोरोना भाइरसबाट निको भई घर फर्किनको संख्या २ लाख ४३ हजार ६ सय ६४ पुगेको छ । आज कोरोनाबाट थप ११ जनाले ज्यान गुमाएका छन् । यसका साथै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ८८ पुगिसकेका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ३ सय २० जना छ । जसमध्ये ८ हजार ३ सय २० जना आइसोलेसनमा र ४ सय २१ जना क्वारेन्टिनमा छन् ।

प्रकाशित समय १६:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु