गृहपृष्ठ झारफुक गर्ने बहानामा बलात्कार !
झारफुक गर्ने बहानामा बलात्कार !
३९ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा शंखरापुर नगरपालिका- ६, सलम्बुटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका- २, हैबुङ बस्ने ४६ वर्षीय भिमबहादुर सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भिमबहादुरले ती महिलालाई झारफुक गर्ने बहानामा बोलाई सलम्बुटारस्थित टहरोमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १२:३७ बजे

















