गृहपृष्ठ प्रचण्ड-माधव समूहको स्थायी समिति बैठक सुरु

प्रचण्ड-माधव समूहको स्थायी समिति बैठक सुरु

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको स्थायी समिति बैठक केही बेरअघि सुरु भएको छ । स्थायी समिति बैठकले महासचिवको टुंगो लगाउने बताइएको छ । केन्द्रीय समिति बैठक बस्नुअघि स्थायी समिति बैठक बसेको हो ।

बिहान नेताहरुबीच भएको अनौपचारिक छलफलपछि महासचिव टुंगो लगाउने जिम्मा सचिवालयलाई दिएको थियो । सचिवालयले सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने तयारी गरेको एक नेताले जानकारी दिए । पाण्डे नेकपा एमालेको नवौं महाधिवेशनमा ईश्वर पोखरेलसँग महासचिवमा पराजित भएका थिए ।

प्रकाशित समय १३:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु