गृहपृष्ठ नेकपा विवाद उत्कर्षमा पुगेको बेला चिनियाँ उपमन्त्री नेपाल आउँदै

नेकपा विवाद उत्कर्षमा पुगेको बेला चिनियाँ उपमन्त्री नेपाल आउँदै

नेपाल कम्युनिस्ट पार्टीको विवाद उत्कर्षमा पुगेको बेला चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेपाल आउने भएका छन् । उनको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।

चिनियाँ राजदूत हाउ यान्छीले नेकपाका शीर्ष नेताहरुलाई भेटेर गुओको नेपाल भ्रमणमा आउन लागेको जानकारी गराएकी थिइन् । यसअघि यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, कृष्णबहादुर महरासँग भेटघाट गरेकी थिइन् । आइतबार उपमन्त्री गुओ येझाउसँगै एक प्रतिनिधि मण्डल काठमाडौँ आउने भएका छन् ।

प्रकाशित समय १३:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु