गृहपृष्ठ सरकारको असंवैधानिक कदमविरुद्धको आन्दोलनमा सहभागी हुन देउवाको आग्रह

सरकारको असंवैधानिक कदमविरुद्धको आन्दोलनमा सहभागी हुन देउवाको आग्रह

sherbahadur_deuba

संसद् विघटनविरुद्ध कांग्रेस एकमत रहेको भन्दै सभापति शेरबहादुर देउवाले आन्दोलनमा सहभागी हुन अपिल गरेका छन् । शनिबार अपिल सन्देश जारी गर्दै सभापति देउवाले पार्टीले १३ पुसका लागि तय गरेको देशव्यापी आन्दोलनमा सहभागी हुन अपिल गरेका हुन् । पार्टीको सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित हुने सभापति देउवाको भनाइ छ ।

‘विघटनकै दिन हामी पार्टीका वर्तमान र पूर्वपदाधिकारीको बैठक आयोजना गरेर बैठकमार्फत संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेका छौं । संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रूपले एकमत साथ उभिएको छ,’ अपिलमा भनिएको छ, ‘जारी केन्द्रीय कार्यसमितिको बैठकमा म आफैंले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर केन्द्रीय कार्यसमितिको निर्णयपश्चात् अहिले हाम्रो सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित छ ।’

देउवाले लोकतन्त्रवादी सबै सरकारको असंवैधानिक कदमविरुद्धको आन्दोलनमा सहभागी भएर ऐक्यबद्धता जनाउन आग्रह गरेका छन् ।

प्रकाशित समय १४:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु