गृहपृष्ठ मुलुकी देवानी र मुलुकी फौजदारी संहितामा भएका कानुनी व्यवस्थाबारे प्रशिक्षण
मुलुकी देवानी र मुलुकी फौजदारी संहितामा भएका कानुनी व्यवस्थाबारे प्रशिक्षण
मुलुकी देवानी र मुलुकी फौजदारी संहितामा भएका व्यवस्थाबारे प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नवज्योती केन्द्र सुर्खेतको आयोजनामा जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यले प्रशिक्षण दिएका हुन् ।
नवज्योति केन्द्रको सञ्जालमा आवद्ध महिलाहरु, कर्मचारी तथा सञ्जालमा आवद्ध बालिकाहरुलाई प्रशिक्षण दिइएको हो । घरेलुहिंसा, सम्बन्ध विच्छेद, बालविवाह, खानाखर्च लगायतका विषयमा पुरानो ऐनमा भएको कानुनी व्यवस्था र नयाँ कानुनी व्यवस्थाका विषयमा प्रशिक्षण दिइएको अधिवक्ता गीता कोइरालाले जानकारी दिइन् ।
प्रशिक्षण कार्यक्रमका बोल्दै जिल्ला न्यायाधीश डा. राजेन्द्रप्रसाद आचार्यले महिलाहरु कम्तीमा पनि कानुनी व्यवस्थाको बारे जानकारी हुनुपर्ने बताए । आफूलाई अन्याय परेको खण्डमा कानुनी बाटो कसरी अपनाउने भन्ने विषयमा महिलाहरु जानकारी भए सहजै न्याय पाइने तर्क गरे । उनले पछिल्लोसमय महिलाहरु मात्रै नभई पुरुषहरु समेत पीडित भएको भन्दै कानुनी सचेतना सबैको लागि आवश्यक भएको बताए ।
अधिवक्ता कोइरालाले धेरै पीडितहरु कानुनी उपचार खोज्ने प्रक्रिया नपाएर पनि पीडामा परेको बताइन् । ‘कहाँ गएर कस्तो खालको न्याय पाइन्छ भन्ने कुराको जानकारी नै हुँदैन । अरुको सहारामा सम्बन्धित निकायसम्म आउँदा घटना मोडिन्छ,’ उनले भनिन् । उनले वास्तविक पीडितलाई न्याय दिनको लागि कानुनी सेचतनाका कार्यक्रम गाउँ-गाउँमा गर्नेपर्ने उनले तर्क गरिन् ।
नवज्योति केन्द्र सुर्खेतकी प्रमुख सिस्टर रोसिटाले पछिल्लोसमय पुरुषहरु समेत पीडामा परेको सुनाइन् । ‘अब कानुनी सचेतना लैंगिक हिसाबले होइन आवश्यकताको आधारमा दिनुपर्छ,’ उनले भनिन्, ‘तब मात्रै वास्तविक पीडितले न्याय पाउँछ ।’ बालविवाह, बहुविवाहकोे लगायतका मुद्दाहरुमा महिला र पुरुष दुवै सचेत हुनुपर्ने उनले बताइन् ।
प्रकाशित समय १८:०७ बजे

















