गृहपृष्ठ आजको मौसम : बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली

आजको मौसम : बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली भएको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ |

आज पश्चिम तराईमा बिहानको समयमा विभिन्न स्थानहरुमा हल्का हुस्सु/कुहिरो लागेको भएता पनि अपरान्हपछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको छ । त्यस्तै मध्य तराईमा पनि बिहानको समयमा हुस्सु/कुहिरो र पूर्वी तराईमा बिहानको समय अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो लागे पनि अपराह्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार नेपालगञ्जमा बढी चिसो छ । आज नेपालगञ्जमा ९.२ डिग्री सेल्सियस तापक्रम छ । त्यस्तै धनगढीमा ९.४, भैरहवा ९.८, सिमरामा १२.८, जनकपुरमा १०.४ र विराटनगरमा ११.२ डिग्री सेल्सियस तापक्रम रहेको महाशाखाले जनाएको छ ।
कुहिरो/हुस्सु लागेको स्थानहरुमा राम्रोसँग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपायहरु अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित समय ११:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु