गृहपृष्ठ अज्ञात समूहद्वारा मोटरसाइकल र टौवामा आगजनी
अज्ञात समूहद्वारा मोटरसाइकल र टौवामा आगजनी
अज्ञात समूहले लमजुङ बेँसीशहर नगरपालिका –२ मा छुट्टाछुट्टै दुई मोटरसाइकल र दुई वटा परालका टौवामा आगजनी गरेको छ । बोजबहादुर बरालको ग ८ प ९३३७ र सूर्यनाथ बराललको ग ५ प १७४४ नम्बरको मोटरसाइकल तथा रामबहादुर देउजा र रामदेव घिमिरेका परालको टौवामा सोमबार बिहान आगजनी भएको भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पुनले सूर्यनाथकै ग १ ख २४७२ को बेँसीशहर नारायणगढ चल्ने माइक्रोबसमा समेत आगजनीले सामान्य क्षति पुर्याएको जानकारी दिए । मोटरसाइकल जल्दै गरेको अवस्थामा गस्तीमा खटिएका प्रहरी टोलीले देखेपछि आगो तत्काल नियन्त्रणमा लिन सफलको भएको बताइएको छ । (रासस)
प्रकाशित समय ११:५१ बजे

















