गृहपृष्ठ सनराइज बैंकको शाखारहित बैंकिङ सेवा सप्तरीमा सुरु
सनराइज बैंकको शाखारहित बैंकिङ सेवा सप्तरीमा सुरु
सनराइज बैंक लिमिटेडले सप्तरीको अग्निसाईर कृष्णासवरण गाँउपालिका- ४, प्रश्वनीमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ५७ पुगेको छ ।
बैंकले उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा विनोद प्रसाद चौधरीलार्ई नियुक्त गरेको छ । बैंकिङ गाउँपालिका सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीजस्ता सेवाहरु लिन सक्नेछन् । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुँच पुर्याउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ ।
सनराइज बैंकले हालसम्म १३९ वटा शाखा, ५७ वटा शाखारहित बैंकिङ सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटीएममार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित समय ११:५७ बजे

















